arrow

होलीमा रचनात्मक काम, स्याङ्जामा यसरी मनाइयो होली

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ फागुन १७ बिहिबार
syanja_holi.jpg

स्याङ्जा । सामाजिक नेतृत्व र भातृत्व विकास गर्ने मुल लक्ष्य लिएर अगाडी बढेको नेपाल जेसिज अन्तर्गतको एक ससक्त शाखा वालिङ जेसिज पछिल्लो समय रचनात्मक कार्यमा जुट्न थालेको छ । 

विभिन्न ठाँउमा रमाईलो, पिकनिक र खानपान गरी होली मनाइरहेका बेला वालिङ जेसिजले भने होलीको अवसरमा जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरि होली विशेष मनाएको छ । होली पर्वको अवसरमा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी शुभकामना आदान प्रदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम समेत सम्पन्न भएको वालिङ जेसिजले जनाएको छ । 

उक्त कार्यक्रममा वालिङ जेसिजका पुर्व अध्यक्ष रेखा थापाको छोरी टिया थापाको जन्मदिनको अवसरमा थापाले आफ्नो खाजा खर्च कटाएर उक्त रकमबाट आफु जस्तै सहपाठी विद्यार्थी साथीहरुलाई छुट्टै शैक्षिक सामाग्री प्रदान गरेकि छन् । वालिङ नगरपालिका वडा नं. ६ पित्लेक स्थित गणेश आधारभुत विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । 

कार्यक्रमको उदघाटन गर्दै नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा पव्लिक आवाजका सम्पादक अमृत अर्यालले होलीमा बिकृति भित्रिन नदिन र थोरै भएपनि रचनात्मक र सिर्जनात्मक कार्यमा वालिङ जेसिज अग्रसर भएकोमा प्रंशसा व्यक्त गरे । 

युवाहरु भविश्यका कर्णधार नभई वर्तमानमा नयाँ नेपाल निर्माणको संम्वाहक हुन राष्ट्रिय उपाध्यक्ष अर्यालले भने, “जेसिजमा आवद्ध युवाहरु समाज परिवर्तन र आर्थिक उन्नतीको मेरुदण्ड हुन् ।” जेसिज समाजको ऐना पनि हो यसले नेतृत्व विकास सिकाउने संस्था हो त्यसैले युवाहरु जेसिजको पाठ सिक्न जरुरी छ उनले भने । जेसिजका सदस्यहरु, समाजसेवी र स्थानीय व्यक्तिहरुको समेत उल्लेख्य सहभागितामा होलीको रङ्ग द्धारा खुशी साटासाट गरिएको कार्यक्रम संयोजक राजु तिवारीले बताए । उक्त कार्यक्रममा वालिङ जेसिजका पुर्व अध्यक्षहरु दिपक लम्साल, रेखा थापा, प्रदिप कोइरला, शान्ता थापा, समाजसेवी नेत्रप्रसाद पाण्डे, नरबहादुर पौडेल, विद्यालयका प्रअ दयाराम रेग्मी लगायतले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

वालिङ जेसिज बर्ष २०१८ का अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव महेश रेग्मीले गरेका थिए । बर्ष २०१८ का लागि निर्वाचित नयाँ कार्यसमितिको पहिलो कार्यक्रम भएको र बर्षै भरी आफ्नो कार्ययोजना अनुरुप रचनात्मक र नेतृत्वदायी कार्यक्रम संचालन गरिने अध्यक्ष अधिकारीले बताए । वालिङ जेसिजले गएको बर्ष २०१७ को होली पर्वमा वालिङ ११ स्थित गणेशमान स्मृति विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ