- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उत्तर कोरियाको परमाणु तथा मिसाइल कार्यक्रममाथि अंकुश लगाउनको लागि अमेरिकाले कूटनीतिक प्रयास गरिरहेको छ । यसैबीच पछिल्लो हप्ता उत्तरकोरियामाथि आक्रमण गर्नको लागि अमेरिकाले एउटा गुप्त सैन्य अभ्यास पनि गरेको कुरा सार्वजनिक गरेको छ ।
अमेरिकाले अन्तिमपटक उत्तर कोरियालाई कूटनीतिक रुपमा परमाणु हतियारको व्यवस्थापनको लागि आग्रह गर्ने र नभएको खण्डमा उत्तर कोरियामाथि कुन् कोणबाट आक्रमण गर्ने भन्ने विषयमा मास्तर प्लान तयार पारिरहेको समाचार नवभारत टाईम्समा उल्लेख गरिएको छ ।
युद्धाभ्यासको दौरानमा उत्तर कोरियाली सेनाबाट हुनसक्ने क्षतिलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा मास्टर प्लान तयार पारिएको हो । अमेरिकाले आफूले उत्तर कोरियामा आक्रमण गर्दा उत्तरले मिसाईल आक्रमणले प्रतिकार गरेको खण्डमा परिस्थिती उल्टिन सक्ने तर्फ पनि अमेरिका सचेत बनेको छ ।
न्यू योर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार यो सम्बन्धमा जानकारी राख्ने ६ जना रक्षा अधिकारी थप गरी अमेरिकाले यसको मास्टरप्लान तयार पारिरहेको छ । अधिकारिहरुका अनुसार नर्थ कोरियामा उत्रिने अमेरिकी फौजको मद्दत गर्नको लागि मध्य पूर्व तथा अफ्रीकाबाट प्रशान्त क्षेत्रको तर्फबाट बढी संख्यामा टोही विमान पठाउने तयारी भएको छ ।
प्लान तयार पार्ने टोलीले यो अमेरिकी सैन्य टोलीलाई सहयोग गर्नको लागि दक्षिण कोरिया तथा जापानमा तैनाथ अमेरिकी सैनिक कसरी सो ठाउँमा सामिल हुनसक्छ ? भन्नेबारे पनि रणनीति तयार पारिसकेको छ । यी तयारीहरु भईरहेको भएपनि पेन्टागनले भने यो विषयलाई आधिकारिक रुपमा स्वीकारिसकेको छैन ।