arrow

ओलीफोबियाले त्रासमा वाम गठबन्धन

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
oliphobia.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जति चर्चा चुलिएको छ उनी उत्तिकै वाम गठबन्धनभित्र अलोकप्रिय बन्दै गएका छन् । 

ओलीले हिजो भनेका कुरा आज नगरी अन्तैतिर लाग्न थालेपछि वाम गठबन्धनभित्रैको आफ्नै पार्टी नेकपा एमालेका नेताहरु पनि सशंकीत हुन थालेका छन् । 

आफ्नो लोकप्रियता बनाउने नाममा अर्थमन्त्रीमा गैरराजनीतिककर्मी डा युवराज खतिवडालाई ल्याएपछि ओलीको बोलीमा ठेगान नभएको भन्नेहरु धेरै भएका थिए । 

अर्थमन्त्रीमा एमालेकै शिर्ष नेताहरु दावेदार थिए । पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री विष्णु पौडेल र पूर्वमन्त्री प्रदीप ज्ञवाली अर्थमन्त्रीका दावेदार थिए । 

उनीहरु एमालेमा प्रभावशाली मानिन्छन् । तर एक्कासी ओलीको बोली फेरिएपछि एमालेवृत्तमा तनाव सिर्जना भएको छ । 

अब अन्य मन्त्रीमा कसैले दावेदारी प्रस्तुत गर्ने अवस्था छैन । ओलीले जे चाहन्छन् त्यही गरिरहेका छन् । 

ओलीलाई तेस्रो तहका तथा उनका पकेटका नेतालेमात्र सघाउने देखिएको छ । दोस्रो तहका एक नेताले हाम्राकुरासंग भने ‘हामीले व्यक्तिगत धारणा राखेर अर्थ छैन उहाँ सुप्रिम हो हाम्रोकाम समर्थन गर्ने हो ।’

उनले अगाडि भने, ‘अहिलेलाई यत्ति बुझ्नुस् ओली कामरेडले जे भन्नुहुन्छ त्यो उहाँको अन्तिम निर्णय हो ।’

के के असमझदारी छन् ? 
अहिले एमाले कुनै पनि विद्रोहको मुडमा छैन । नेताहरु वाम एकताको त्रासमा छन् । एमालेमा ढुक्क भएका नेता केवल माधव कुमार नेपाल मात्र हुन् । 

किनकि ओली हुन्जेल उनी अहिले प्रधानमन्त्री हुन्नन् । त्यसैगरी पार्टी एकतापछि उनी कुनै राम्रो अवसरको खोजीमा छन् । 

त्यसबाहेक असन्तुष्टि तीव्र छ । वाम गठबन्धनका लागि अग्रसर भएका उपाध्यक्ष बामदेव गौतमलाई अहिले ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै वास्ता गर्न छाडेका छन् । 

ओलीले सरकारमा बहुमत भइकन पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन खोज्दा एमाले र माओवादीका नेताहरुको भाग खोसिँदैछ । 

जोकसै सांसदको लक्ष्य मन्त्री बन्ने हुन्छ । तर मन्त्री नै बन्न नपाएपछि चुनावका बेलामा गरिएका प्रतिवद्धता र लिएको सहयोग कसरी चुक्ता गर्ने भन्ने तनाव हुन्छ । 

मन्त्री नै नबनेपछि व्यापारीले समेत नपत्याउने विष्लेषण गरिन्छ । 

यतिबेला एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि पीडामा छन् । उनी राष्ट्रपतिका लागि सक्रिय भएका थिए । तर ओलीकै कारण उनी पीडामा रहेका हुन् । 

ओलीले उनलाई सुन्नै खोजेनन् । झलनाथले वाम गठबन्धनमा कुनै भूमिकै नपाउने देखिएको छ । 

सुवास नेम्वाङको चर्चा पनि राष्ट्रपतिका लागि आयो । नेम्वाङ पक्ष अब माहोल बन्यो भन्दै अगाडि बढ्यो पनि । त्यसको समेत अर्थ रहेन । 

ओलीको राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाको मोहले गर्दा संरचना बिग्रिएको वाम विष्लेषण छ । 

ओलीले किन त्यस्तो व्यवहार देखाइरहेका छन् ? एक जना एमालेका केन्द्रीय सदस्य भन्छन् ‘उहाँलाई नपुग्दो के नै छ र ?’ 

अर्थात् उनी पनि चिँढिएको स्पष्ट हुन्छ । एमालेमा अहिले ओली फोबिया नै छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ