arrow

२०३ किलो गाँजा एकैपटक बरामद

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
gaja.jpg

रत्ननगर । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । 

गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । 

स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

गणका सशस्त्र प्रहरी नायब निरीक्षक नारायणप्रसाद इटनीको नेतृत्वमा गएको गस्ती टोलीले सुराकीको आधारमा गाँजा बरामद गरेको हो । 

सो बरामद गाँजा बिहीबार नै गणका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक रामेश्वर त्वाती, राप्ती नगरपालिका–६ का वडाध्यक्ष जल्लु चौधरी, पत्रकारलगायतका उपस्थितिमा नष्ट गरिएको हो । 

सशस्त्र प्रहरी गण भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरपूर्वको पहाडी क्षेत्रमा रहेको सो गाउँमा प्रहरीले पटकपटक गाँजा नष्ट गर्दै आएको छ । 

विगतमा पनि गाँजा बरामद हुने गरेको थियो । केही महिना अघि मात्रै यहाँको विभिन्न ठाउँमा १५ बिगाहाभन्दा बढी क्षेत्रको गाँजा फाँडेर नष्ट गरिएको थियो । सो क्षेत्रमा गाँजा खेती हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ