arrow

भाषा र संस्कृतिको संरक्षण गर्ने पत्रकारद्धय भण्डारी र चटौत सम्मानित 

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
samman.jpg

धनगढी । डोटेली भाषा र संस्कृतिको संरक्षण योगदान पुर्याएको भन्दै पत्रकारद्धाय मुकुन्द भण्डारी र धिरेन्द्र चटौतलाई कैलालीमा सम्मान गरिएको छ । 

सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले सम्मान गरेको हो । पुरस्कारको राशी ११,१११ र सम्मान पत्र तथा दोसल्ला रहेको थियो । 

प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पत्रकारद्धयलाई सम्मान गरेका थिए । 

सामाजिक विकास संस्थाले पहिलो पटक यो सम्मान गरेको हो । सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सु प बहुउद्देश्यीय मञ्च धनगढीको आगुवाइमा उनको परिवार, सामाजिक संघसंस्था र केही व्यक्तिहरूको सहयोगमा स्थापित ’हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार स्थापना गरिएको छ । 

चटौत र भण्डारीले वि स २०५७ सालदेखि  रेडियो नेपालबाट डोटेलीभाषाको समाचार, समाचार मुलक कार्यक्रमा र डोटेली भाषाको सांगितिक कार्यक्रम, हजारी माला शुरु गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ