arrow

तारम्तारको व्यवसायीको भेटकाबीच प्रधानमन्त्रीले भने 'अरुसँग गिर्ने काम गर्दिन'

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
KP-oli-naya-news.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको शुक्रबार शिलान्यासका क्रममा आम मानिसमा धेरैले दिने भ्रष्टाचार विरुद्धको अभिव्यक्तिमा समय खर्च गरे । कार्यक्रम उद्घाटनको क्रममा जे कार्यक्रममा गएको छ त्यही विषयमा जानीनजानी व्याख्या गर्ने परम्परागत मान्यतालाई ओलीले तोड्दै कार्यक्रमका अधिकांश समय भ्रष्टाचार मुक्त नेपालको विषयमा प्रतिवद्धताको शब्दहरु थमाए । 

प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सूचीबाट विकसित देशमा स्तरोन्नति गरिने बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए । प्रधानमन्त्री ओलीले आफू मातहतको निकायले कसैको अगाडि गिर्नु नपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मातहतको निकाय नगर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सुत्र भएको तर्क समेत गरे । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउनुलाई नै भ्रष्टाचार अन्त्य हुने आधार मान्न सकिने अवस्था भने छैन । जुनसुकै प्रधानमन्त्रीको पनि पहिला केही दिनमा यस्तै प्रतिवद्धता जनाउँदै आएका छन् । 

ओलीले भ्रष्टाचार मुक्त नेपालको परिकल्पना गरिरहँदा उनलाई पटक पटक फकाउनको लागि बालुवाटार धाउने व्यवसायीहरुलाई भने के भनेर फर्काउलान् ? त्यो भने हेर्न बाँकी नै छ । बिहीबार चेम्बरको प्रतिनिधि मण्डलले २६ पृष्ठलामो प्रतिवेदन नै बुझाए । शुक्रबार उद्योग परिसंघको प्रतिनिधि मडल गएर प्रधानमन्त्रीलाई आफ्नो मागपत्र पेश गरेका छन् । 

अर्थमन्त्रालयमा अर्थमन्त्रीलाई भेट्ने व्यवसायीको लर्काे लाग्ने गरेको छ । बुधबार अर्थमन्त्रालयमा पुग्दा त्यहाँ अर्थमन्त्रीको चेम्बर बाहिर खुट्टा टेक्ने ठाउँ समेत थिएन । यति धेरै व्यवसायी र भ्रष्टाचारमा लिप्त रहेका केही कर्मचारीहरुको चंगुल भित्र रहेका ओलीले सार्वजनिक कार्यक्रममा नै यस्तो बोलिसकेका छन् । यसलाई सार्थकता दिनको लागि कस्तो कदम चाल्छन् त्यो भने हेर्न बाँकी नै छ । 

त्यस्तै, सम्पत्ति शुद्धीकरणको विषयमा ओलीको एउटा अभिव्यक्तिले उनीमाथि शंका गर्ने ठाउँ बनाईदिएको छ । उनले कालो धनलाई लगानीको लागि अवसर दिने बताएसँगै कालो धनकै विषयमा व्यवसायीहरुले पनि विभिन्न माग राख्न थालिसकेका छन् । यस्तो अवस्थामा ओलीले भनेजस्तै उनी मातहतका निकाय र उनी आफू पनि अवश्य चोखा रहने छैनन् । 

प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यक्ता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भिर छलफल गरिरहेको बताएका छन्। ्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ