arrow

घर पोत्ने माटो निकाल्ने क्रममा दुई महिलाको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ फागुन १९ शनिबार
mahila.png

बझाङ । बझाङको खप्तड छान्ना गाँउपालीका ३ ठाँनाकोटमा माटोको ढिस्कोले पुरिएर २ जना महिलाको मृत्यु भएको छ । नुवाकोट गाँउकी ३० बर्षिया रतना देवी पाध्या र माईतमा आएकी छिमेकी गाँउ रनिगाँउ घर भएकी २८ बर्षिया सनीता देवी  जोशीको घर पोत्न रातो माटो निकाल्ने क्रममा शनिबार माटोको ढिस्कोले पुरि  घटनास्थलमै मृत्यु भएको हो ।

ढिस्कोले माटो कोर्न लागेका अन्य दुई जना महिला पनि घाईते भएका छन्  । घाईते हुनेमा खप्तड छान्ना गाँउपालीका  ३ कै सरस्वती पाध्या र किणी पाध्या रहेकी मृतका आफन्त मनोहर पाध्यले वताए । घाईते सरस्वती पाध्याको टाउको र छातीमा बढी चोट लागेकोले अवस्था चिन्ता जनक रहेको छ भने  दुवै लाई जिल्ला अस्पतालमा ल्याउदै छन् । ढिस्कोमा पुरिएको  महिलाहरुको शव स्थानिय बासीहरुले निकालेका छन् ।

विहान  स्थानिय ठानाकोटमा रातो माटो निकाल्न महिलाहरुको समुह गएको थियो । यस स्थानमा माटो निकाल्न विभिन्न गुफा बनाएका छन् । मृतक दुबै महिलाका श्रीमान रोजगारीका लागी भारत गएका छन् । श्रीमानलाई खबर भैसकेको स्थानीयले जनाएका छन् । मृतक भएकी रतना देवि पाध्याका साथमा ५ बर्षिया , साढे तीन बर्षिया र २ बर्षिया छोरी रहेकी छन् । यस्तै सरीता देवि जोशीका पनि २ बर्षिया छोरी छ ।

१०-१२ जना महिलाहरुको समहु माटो ल्याउन गए पनि  अरु महिला भने सकुसल रहेको बताईएको छ । माटोले पुरिएका महिलाको साथमा रहेका अन्य महिलाहरुले गाँउमा खवर दिएपछि गाँउका पुरुषहरु र त्यहाँ भएका महिलाहरु मिलेर  माटो निकालेका थिए । उद्धारमा  स्थानीय बासिन्दा र छान्ना प्रहरी चौकीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

जिल्लाका अधिकांश गाँउमा माटो ढुड्गाले बनेका घरहरु बनाएको हुदाँ घरका गृहणी महिलाहरु रातो माटो खानीवाट ल्याएर घर लिप्ने चलन छ । माझिगाँउका वस्तीहरुको माटो कोर्ने ठाँउ रहेको ठानाकोटमा यस अगाडी पनि वर्षेनी एक दुई जना महिलाहरुको मृत्यु हुदै आएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ