arrow

फरार अभियुक्त नवराज सिलवाल कसरी पुगे संसद भवन

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
silwal.jpg

काठमाडौं ।  प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन् । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षणमा सहभागी जनाउन उनी संसद भवन पुगेका हुन् ।

उनि सट प्यान्ट, कोट र ढाका टोपीमा हात हलाउदै संसद भवन पुगेका थिए ।  प्रहरीको खोजी सूचीमा रहका उनी संसद् भवनभित्र छिरेपछि सबैको नजर उनि माथि परेको थियो ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी फरार थिए ।  एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर वालुवाटार प्रवेश गरे लगत्तै फरार अभियुक्त  करार भएका उनले  वालुवाटार प्रवेश पाएका थिए।

एमाले अध्यक्ष ओलीले गृहमन्त्री बनाउने भनेर पार्टी प्रवेश गराएका सिलवाल मन्त्रीमण्डल विस्तार वाँकी रहँदै ओलीलाई भेट्न सोमवार वालुवाटार पुगेका थिए ।  रेडकर्नर नोटीस समेत जारी भएर फरार अभियुक्त करार भएका सिलवाल प्रधानमन्त्रीकै निम्तोमा डीनरका लागि वालुवाटार पुगेका थिए।  

नेपाल प्रहरीले यसअघी देशभर जहाँ भेटेपनि पक्राउ गर्न आदेश दिएका सिलवाल नयाँ सरकार बनेसँगै प्रहरीकै सुरक्षा घेरा पार गर्दै वालुवाटारमा डीनरका लागि पुगेका थिए । अहिले भने सिलवाल संसद भवन पुगेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ