arrow

चर्चित महिला पत्रकार लंकेशको हत्या अभियोगमा हिन्दुबादी नेता पक्राउ

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
gauri-laukesh.jpeg

नयाँदिल्ली । चर्चित एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनितीज्ञलाई पक्राउ गरेको छ । उनको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदशर्न भएको थियो ।

भारतीय महिला पत्रकार ५५ बर्षीया गौरी लंकेश भारतको हिन्दु राष्ट्रवादको चर्को आलोचक थिइन् । सन् २०१७ को सेम्टेम्बर ५ तारिखका दिन उनलाई कर्नाटक राज्यको राजधानी बेङगालुरुस्थित आफ्नै घर बाहिर गोली हानी हत्या गरिएको थियो ।

हेलमेटसहित मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले उनलाई गोली प्रहार गरेका थिए । हत्यारा खोज्नका लागि खटाइएको विषेश टोलीले शुक्रबार के.टी. नविन कुमारलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन् ।

पक्राउ परेका व्यक्ति स्थानीय हिन्दुवादी नेता रहेको प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ