arrow

देउवाका दुत पौडेलकहाँ, संसदीय दलमा उपनेताको प्रस्ताव

सहमतिको प्रयास

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
deuba-paudel.jpeg

काठमाडौं। वामगठवन्धन दुई तीहाईको समर्थन सहित सरकार बनाउन अन्तिम गृहकार्यमा रहेको बेला प्रमुख प्रतिपक्षमा खुम्चिएको कांग्रेस भने 'किन मरिच चाउरिस आफ्नै पिरोले' भने झै आफै आफै माथापच्चिमै अल्मलिएका छन्। सरकारबाट प्रतिपक्षीमा पुग्दा पनि होसमा नआएको कांग्रेस नेतृत्व ५ बर्ष प्रतिपक्षमा बस्नु पर्ने अवस्था देख्दा देख्दै पनि संसदीय दलको नेता बन्ने ' जुँगाईको लडाई ' मा होमिएका छन्।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सानै हैसियतमा खुम्चिएको पार्टीको भएपनि संसदीय दलको नेता बन्न लालायित बन्दा उनलाई चुनौती दिन कुनै बेला एउटै गुटका सहयात्री समेत रहेका पूर्व महामन्त्री प्रकाशमान सिंह अगाडी आएका छन्। सिंहलाई देउवासँगै पार्टी सभापतीमा चुनौती दिएका रामचन्द्र पौडेलले साथ दिएका छन्। अंकगणितमा देउवालाई संसदीय दलको नेता बन्न पुग्ने संख्या भएपनि यतिखेर देउवा सर्वसम्मत बनाउने गृहकार्यमा लागेका छन्। 

सभापति देउवा उमेद्वार नै बन्न नहुने बनेपछि जिताउने पर्ने भन्दै अर्का नेता कृष्ण प्रसाद सिटौला निकट भिमसेनदास प्रधान देउवाको समर्थनमा देखिएका छन्। सिटौलाले विवेक प्रयोग गर्न आग्रह गरिरहँदा उनी निकट भनिएका गगन थापा एक व्यक्ति दुई पद नहुने पक्षमा वकालत गर्दै आएका छन्।

आइतवार २० गते संसदीय दलको नेताको लागि मनोनयन दर्ता हुँदैछ। २० गते सांसदको हैसियतमा सपथ लिएपछि २१ गते कांग्रेस संसदीय दलको नेताको चुनाव हुने छ। मनोनयनको एक दिन अघी सभापति तथा संसदीय दलको नेताका लागि आकाँक्षा देखाइरहेका देउवाले आफूलाई सर्वसम्मत बनाउने प्रयास अन्तर्गत पहल लिएका छन्। उनले आफ्ना दुतहरु पठाएर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन्। 

देउवाले काँग्रेस नेताहरु गोपालमान श्रेष्ठ र रमेश लेखकलाई पठाएर संसदीय दलमा आफूलाई सर्वसम्मत बनाउनको लागि पौडेलसँग वातावरण बनाउन आग्रह गरेका छन्। सो भेटमा देउवाको तर्फबाट सर्वसम्मतको सूत्र पनि श्रेष्ठ र लेखकले पौडेलसँग राखेका थिए। 

देउवाका तर्फबाट उनीहरुले संसदीय दलमा उपनेता पौडेलले आफू निकटलाई बनाउँदै संसदीय कार्यमसमिति पनि सल्लाहमा बनाउने प्रस्ताव राखेका छन्। संसदको मुख्य सचेतक र सचेतकहरु पनि मिलाएर बनाउन प्रस्ताव राख्दै दुई नेताले पौडेललाई चुनाव हुने वातावरण रोक्दै एकताको सन्देश दिन आग्रह गरेका थिए। 

जवाफमा पौडेलले यसअघी पनि पार्टी पराजित हुँदा मूल नेतृत्वले संसदीय दलको नेता नवनेको उदाहरणलाई पछ्याउँदै संसदीय दलको नेता बन्ने हठ सभापति देउवाले छाड्नुपर्ने करा सम्झाएका थिए। बैंठकमा सहभागि एक नेताका अनुसार चुनाव जित्ने हार्ने भन्दा पनि पार्टीमा अब नयाँ ढंगले सोच्नु पर्ने पौडेलले बताएका थिए। पौडेलले आफूले मात्र भनेर नहुने भन्दै आफूले साथीहरुसँग सल्लाह गर्ने भन्दै लेखक र श्रेष्ठलाई पठाएका थिए। 

चुनाव हुनु अघी सहमतिको पहल नगरेको सन्देश जाने भएपछि यतिखेर नेताहरु सहमतिको प्रयासमा लागेपनि भित्रभित्रै भने चुनावी जोडघटाउमा छन्। नेताहरु चुनावी जोडघटाउमा व्यस्त रहँदा यसले सकारात्मक सन्देश नजाने भन्दै कार्यकर्ताहरुमा भने निराशा देखिएको छ। एक काँग्रेस कार्यकर्ता भन्छन संसदीय दलमा नेता बन्ने यो होड संसदको चुनावमा पनि नेताहरुबाट देखिएको भए केहि सिट काँग्रेसको बढ्ने पक्का थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ