पाल्पाको विरपोखरामा जीप दुर्घटना, दुईको मृत्यु, पाँच घाइते
रामचन्द्र रायमाझी
प्रकाशित २०७४ फागुन १९ शनिबार
547
Shares
पाल्पा। तानसेन १२ वीरपोखरामा शनिवार जीप दुर्घटना भएको छ। तानसेनबाट लुहुङग तर्फ जादैं गरेको लु १ ज १९३८ नम्वरको जीप दर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। चालक सहित अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तानसेन नगरपालिका १२ लुहुङगका ५६ वर्षीय चित्रबहादुर थापा र रिब्दीकोट ६ ठिमुरेकी ६८ वर्षीय झिनकुमारी सारु रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
घाईते हुनेहरुमा तानसेन नगरपालिका विरपोखराका ३५ वर्षीय चालक विजय थापा, स्याङ्जा गल्याङ्ग नगरपालिका २ बस्ने १८ वर्षीय विजन परियार, सोही स्थानका १६ वर्षीय आशिष घले,स्याङ्जा गल्याङ्ग वडा नंं ११ का १४ वर्षीय सुरज परियार, मस्याम घर भई बासटारी डेरामा बस्दै आएकी ३० वर्षीय मीना भण्डारी रहेका छन् ।
घाइते चार जनाको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने सुरज परियारको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। नयाँ खनेको ओरालो बाटोमा ब्रेक फेल भई जिप दुर्घटना भएको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ।