arrow

कम्युनिष्ट गठवन्धनलाई हराएर बिजेपी गठवन्धनले ल्यायो दुई तीहाई

त्रिपुरामा २५ बर्षे कम्युनिष्ट शासन ढल्यो

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
bjp-tripura-win-india.jpg

काठमाडौं। भारतको पूर्वी उत्तर राज्य त्रिपुरामा भारती जनता पार्टीले २५ बर्षदेखि सत्तामा रहेको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले नेतृत्व गरेको कम्युनिष्ट गठवन्धनलाई पराजित गरेको छ। 

त्रिपुराको स्थानिय तहमा एक जना पनि काउन्सिलर समेत नभएको भाजपाले सन् २०१३ मा भएको चुनावमा २ प्रतिशत भन्दा पनि कम मत पाएको थियो। तर ५ बर्षपछि २०१८ मा आइपुग्दा त्रिपुराको स्थानिय दल आइपीएफटीसँग मिलेर विजेपी नेतृत्वको गठवन्धनले दुई तिहाई सीटमा जीत हासिल गरेको छ। 

उत्तर पूर्वी राज्य नागाल्याण्डमा पनि भाजपा वहुमतमा पुग्न नसकेपनि सरकारमा भने जाने भएको छ। भाजपाले नागाल्याण्डमा एनडीपीपीसँग सहकार्य गर्दै आइरहेको छ। 

मेघालयमा भारतीय काँग्रेस २१ सिट ल्याएर ठूलो दल भएपनि उसलाई पनि वहुमत पुगेन। क्रिश्चियनहरुको वाहुल्यता रहेको मेघालयमा भने विजेपीको जम्मा २ सीट आएको छ। तर विजेपीकै साझेदार दलले भने १९ सिट ल्याएको छ। यि दुई पार्टीको संख्या जोड्दा काँग्रेस बराबर हुन्छ। 

त्रिपुरा, नागाल्याण्ड र मेघालयमा ६०र६० सिटको विधान सभा रहेको छ। 

पूर्वी उत्तर राज्यहरुमा भाजपाले पाएको जीतलाई भारतीय प्रधानमन्त्री तथा भाजपाका नेता नरेन्द्र मोदीले सामान्य जीतको रुपमा मात्र हेर्न नहुने उल्लेख गर्दै यसलाई  ' शुन्यदेखि शिखरसम्म ' भनेका छन्। 

विजेपीले यसअघी नै उत्तरपूर्वी राज्यहरु आसाम, मनिपुर र अरुणाञ्चल प्रदेशमा विजय हासिल गरेको छ। 
यो जीतलाई विकास र समृद्धीको मुद्धाको विजयको रुपमा हेर्नुपर्ने मोदीको भनाइ छ। 

त्रिपुरामा विजीले एक्लै वहुमत ल्याउदै ३५ सीटमा विजयी भएको छ। विजेपीका राष्ट्रिय अध्यक्ष अमित साहले अब चाँडै त्रिपुरामा सरकार गठनको प्रक्रिया शुरु हुने बताएका छन्। 

भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सिताराम यचुरीले भने सबै कम्युनिष्ट विरोधीहरुलाई एक ठाउँमा ल्याएर चुनाव उठेकोले भाजपाको जीत भएको दावी गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ