arrow

मेघालयमा कांग्रेस सरकार, बिजेपी रणनीति बुन्दै

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
congress-I.jpg

शिलोङ । भारतको मेघालय विधानसभा चुनावमा कांग्रेस सरकार बन्ने भएको छ । सबैभन्दा बढी २१ सिटमा जित हासिल गरेको काँग्रेसले सरकार बनाउन दावेदारी पेश गरेको छ । 

काँग्रेसले ठूलो दलको हैसियतमा दावेदारी दिएको हो । काँग्रेस विधायक दलको नेता चुन्न बैठक पनि बसेको छ । 

काँग्रेसले सरकार बनाउन राज्यपाललाई दावेदारीको पत्र दिएसंगै भनेको छ काँगेसले सही समयमै बहुमत हासिल गर्नेछ । 

६० सिट रहेको मेघालयमा काँग्रेसले २१ सिट जितेको हो । नेशनल पिपुल्स पार्टी एनपीपीको १९ सिट छ । 

भारतीय जनता पार्टी बीजेपीसंग अलग्गिएर चुनाव लडेकाले एनपीपी दोस्रो स्थानमा धकेलिएको हो । 

एनपीपीले बीजेपीसंग एकता गर्यो भने काँग्रेस फेरि सरकारबाट बाहिर हुन सक्ने देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ