arrow

कतार संकटका बारेमा छलफल गर्न साउदी युवराज इजिप्टमा

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
saudi-prince1.jpg

रियाद । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान औपचारिक भ्रमणका लागि आइतबार इजिप्ट जादैछन् । युवराज भएपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण भएको अल अरेबिया नामक स्थानीय संचारसंस्थाले आइतबार जनाएको छ ।

यसअघि उनले अमेरिका र बेलायतको भ्रमणगर्ने बताइएको थियो । तर ती देशको भन्दा पहिला उनि अकस्मात इजिप्ट गएका हुन् । उनको यो भ्रमण तीनदिने हुने तय भएको साउदी अरेबियाका अधिकारीहरुले जनाएका छन् । आइतबार अबेरसम्म उनि इजिप्ट पुगनेछन् ।  

भ्रमणका क्रममा युवराज सलमानले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीसँग आतङ्कवाद र कतार संकटका बारेमा छलफल गर्नेछन् । यी दुई देशले पनि सन् २०१७ को जुन महिनामा कतारमाथि नाकाबन्दी लगाउने निर्णयमा सहमति जनाएका थिए ।

अरब र इजिप्टबीच सन् २०१४ देखि द्विपक्षीय सम्वन्ध बलियो रहेको छ । इजिप्टमा सिसी सत्तामा आएपछि अरबसँगको सम्बन्धमा सुधार आएको बताइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ