arrow

रेशम चौधरीसहित २४ जना कारागारभित्रै बसे अनशन

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
resham-chaudhari.jpg

धनगढी । टिकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए ।

अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन् । उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए ।

घटना भएको झण्डै ३० महिनापछि यही फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित (आत्मसमर्पण) गरेका टीकापुरकाण्डका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार रहेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ