arrow

इटालीमा त्रिशंकु सरकार 

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
italy1.jpg

काठमाडौं । इटालीमा त्रिशंकु सरकार बन्ने देखिएको छ । इटालीमा सम्पन्न आमचुनावपमा कसैले पनि बहुमत ल्याउन नसकेपछि त्रिशंकु सरकार बन्ने देखिएको हो । 

संस्थापन विरोधी फाइभ स्टार मुभमेन्टले आफूले शक्ति सन्तुलनमा योगदान पुर्याउने सक्ने समेत बताएको छ।

निर्वाचनमा अहिलेसम्म को ठूलो दल भन्ने देखाएको छैन । फाइभ स्टार अगाडि पुग्ने देखिएको बीबीसीले बताएको छ । 

दक्षिणपन्थीहरूको भन्दा उसले कम सीट जितेको छ। तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन्।

सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ।

सरकारको नेतृत्व सम्हालेको मध्य वामपन्थी दलले हार स्वीकार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ