arrow

देउवाले गच्छदारलाई बनाए संसदीय दलको उपनेता

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
dalko_neta.JPG

काठमाडौं। संसदीय दलको नेता निर्वाचित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् ।

गच्छदार देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दा गच्छदार प्रस्तावक बसेका थिए । यही बैठकबाट संसदीय दलको प्रमुख सचेतक मनोनयन गर्ने भनिएपनि त्यो नभएको बैठकपछि दलको नेता शेरबहादुर देउवाले बताए । सचेतक बारे छलफल भएपनि स‌ंसद बैठकमा जानु पर्ने भएकाले समय अभाव भएकाे बताइएकाे छ । देउवाले संसदीय दलको प्रमुख सचेतक डा. मिनेन्द्र रिजाललाई बनाउने सम्भावना रहेको बताइएको थियो।  

कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय बन्नेछ । यस्तै, संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।  

सभापति देउवा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई हराउँदै सोमबार मात्रै संसदीय दलको नेता चुनिएका हुन् । देउवाले अब कार्यसमिति बनाउने छन् । देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान सिंहले १९ मत प्राप्त गरे। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच चुनावी प्रतिस्पर्धा भएको थियो। सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको साथ थियो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूह भने दुवैतिर बाँडियो । महामन्त्री डा शशांक कोइरालको साथ भने देउवालाई भएको काँग्रेसभित्र चर्चा रह्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ