बैतडी । बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा सोमबार साँझ म १ ज २३३ नम्बरको जीप अनियन्त्रीत भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका दार्चुलाको मर्म गाउँपालिका ३ का ३६ वर्षीय कृष्ण सिंह विष्टको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा मृत्यु भएको हो ।
घाइतेमध्ये ४ जनाको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ । १ जनालाई भने उपचारका लागि धनगढी ल्याइएको छ ।