arrow

पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
dahal-pakisthan-pm.JPG

काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। अब्बासी बस्नुभएको होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा उहाँहरुबीच छलफल भएको छ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताए। करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उनले जानकारी दिए। पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको बताए।

सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताउनुभएको जानकारी दिए। बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महराको सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ