arrow

किसान र गोठालाबीच झडप हुँदा दशको मृत्यु, घर भत्किए, चौपाया मारिए

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
map-nigeria.png.png

कानो, नाइजेरिया । नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ । किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो । नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको अशंका रुपमा माम्बीलामा झडप भएको र यसले सरकारलाई दबाव बढाएको बताइएको छ ।

प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले भने, “किसान र गोठालाबीच माम्बीलामा भएको झडपमा परी दश जनाको मृत्यु भएको छ ।” उनले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनााइएको पनि जानकारी दिए ।

नाइजेरियाका विभिन्न ठाँउमा लामो समय देखिभूमि र पानी अधिकारका विषयमा किसान र गोठालाकाबीचमा बिवाद हुदै आएको छ । झडपका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता मिसालले जानकारी दिए ।

उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ