arrow

पराजुलीले केसीलाई अदालत झिकाए, ‘आफै झगडिया, आफै आदेश’

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
suprim_court.JPG

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले डा. गोविन्द केसीलाई अदालतमा हाजिर हुन आदेश जारी गरेका छन् । प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे निरन्तर प्रश्न गरिरहेका डा. केसीविरुद्धको अवहेलना मुद्दा आफ्नै इजलाशमा राखेका प्रधानन्यायाधीश पराजुलीले डा केसीलाई अदालतमा हाजिर हुन भनेका हुन् ।

आफू जोडिएको विवाद सम्बन्धी मुद्दाको सुनुवाई नगरिने चलन भएपनि प्रधानन्यायाधीश पराजुलीले केसीको मुद्दामा आदेश जारी गरिदिए ।

आफू झगडिया भएको मुद्दा नहेर्ने न्यायिक परम्परा हो तर, पराजुली आफैंले मंगलबार आफ्नो विषयमा परेको दोस्रो मुद्दाको सुनुवाई गरे । यसअघि पनि उनले आफु झगडिया भएको मुद्दा आफै इजलाशमा हेरी आदेश दिएका थिए ।

डा.केसीले अदालतलाई होच्याउने र प्रधानन्यायाधीशलाई भ्रष्टाचारी, अपराधी, माफिया र डनजस्ता शब्द प्रयोग गरेर अदालतको अवहेलना गरेको जिकिर गर्दै गोविन्द बोहोराले फागुन १६ मा अवहेलना मुद्दा दर्ता गरेका थिए ।

प्रधानन्यायाधीश र न्यायलयविरुद्ध अभिव्यक्ति दिएको आरोपमा डा. केसीविरुद्ध परेको यो चौथो अवहेलना मुद्दा हो । केही समय अघि केसीले मुल मुद्दाको तारेख बुझ्न मानेका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ