arrow

साझा फड्को मारेको मार्‍यै, काठमाडौंमा अब विद्युतीय बस

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन २२ मंगलबार
sajha_bus.JPG

काठमाडौं । यातायात क्षेत्रमा साझा यातायात एक पछि अर्को फड्को मार्न थालेको छ । उपत्यकामा आरामदायी, अपाङ्गमन्त्री हुँदै सेमी लो फ्लोर बस भित्र्याएको साझाले अब केही समयपछि प्रदूषणरहित र वातावरणमैत्री बस भित्र्याउँदै छ ।

‘सेमी लो फ्लोर’ बस भोलि बुधबारदेखिनै ललितपुरको पाटन अस्पतालबाट बाँसबारीको न्युरो अस्पतालसम्म गुडाउँदै छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले यो सेवाको सुभारम्भ गर्ने छन् ।  यो बस बिरामीहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएकाे हाे ।

अबको केही समयपछि उपत्यकामा साझाकै विद्युतीय बस देखिने छ । त्यो पनि वातावरणमन्त्री, धूँवारहित र प्रदूषण नहुने । तर, त्यसका लागि दुई तीन महिना भने कुर्नु पर्नेछ । साझा यातायात सञ्चालक समिति सदस्य एवं वातावरणविद् भूषण तुलाधरले भने, ‘विद्युतीय बस दिन चिनियाँ कम्पनी सकारात्मक छ । कुरा अघि बढिसकेको छ । चिनियाँ कम्पनीसँग सहकार्य हुन्छ ।’

कति पर्ने हो, त्यो बसको ? जवाफमा उनले भने, ‘२, ३ करोड पर्छ । निकै आकर्षक र आरामदायी हुन्छ ।’ कहिले सम्म चढ्न पाइन्छ त ? उनले भने, ‘केही समय कुर्नु पर्छ । अझै केही पक्का पक्की हुन बाँकी छ ।’
सुरुमा साझाले परीक्षणका लागि दुई वटा नमुना बस ल्याउने छ । एउटा ८ मिटर लामो र एउटा १२ मिटर लामो ।

त्यो विद्युतीय बस पहिले उपत्यकामै चलाइनेछ, तुलाधरले भने, ‘बाहिरको बाटोको अवस्था ठिक छैन । बाटो सुधार भए । बाहिर पनि परीक्षण गर्न सकिन्छ । चार्ज गर्नु पर्ने हुन्छ । तर, पछिको कुरा सम्भव पनि हुन सक्छ ।

बस चार्जेवल व्याट्रिबाट चल्ने उनले जानकारी दिए । हामीले चढ्दा महँगो हुन्छ त ? ‘अरु बसहरु जस्तै भाडा हुन्छ, बाहिरको लागि हो भने पछि विचार गर्नु पर्छ’ उनले जवाफमा भनेका छन्, ‘सरकारले अन्यको भाडा बढाए मात्रै हाम्रो पनि बढ्छ ।’

यो बस आए के फाइदा हुन्छ ? जवाफमा उनले भने, ‘गाडिको सञ्चालन खर्च कम हुन्छ । यात्रुलाई राम्रो सेवा दिइन्छ । भोलिको सम्भावनालाई हेरिएको हो । भोलि वातावरणमैत्री बसहरु नै हुन्छन् । अबको १० वर्षभित्र सबै गाडिहरु विद्युतीय नै हुने देखिन्छ ।’ यो सबै कारण वातावरणकै हो । हामीले तीब्र शहरीकरणमा प्रदूषणलाई ख्याल गर्ने हो भने, प्रदूषण कम गर्ने मध्येको एउटा उपाय यो पनि हो, तुलाधरले भनेका छन् ।
उनी अगाडि भन्छन्, ‘हामीले परीक्ष गर्दा गर्दै सरकारले यसबारे सोचे चाँडै धेरै बस भित्र्याउन सकिन्थ्यो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ