arrow

मुसलमानविरुद्धको दङ्गाका कारण सङ्कटकाल

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
shree_lanka.jpg

कोलोम्बो  ।  श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ । पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । 

बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ । कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको र रातभरीका लागि क्फ्यु आदेश जारी गरिएको छ । 

जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए । 

उपचारका क्रममा उनको मृत्यु भएको थियो । सोही समयदेखि नै दुई समूहबीच तनाव शुरु भएको थियो । दुई करोड १० लाख जनसंख्या रहेको यस देशमा ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने, नौ प्रतिशत मात्र मुसलमान समुदाय रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ