arrow

कम्युनिष्ट सत्तासँगै ढालियो लेनिनको शालिक, सुब्रमण्यमले भने, 'लेनिन आतंककारी'

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
lelin_dozor.jpg

काठमाडौं । भारतको त्रिपुरामा कम्युनिष्ट सत्ता ढलेसँगै लेनिनको शालिकमाथि समेत गोजर चलेको छ । त्रिपुरामा भारतीय जनता पार्टीको सरकार बनेसँगै लेनिनबादका सूत्राधार एवं विश्वभरका कम्युनिष्टहरुका आदर्श भ्लादिमिर लेनिनको शालिकमाथि समेत डोजर चलाईएको नवभारत टाइम्सले जनाएको छ । 

सो राज्यमा विगत २५ वर्षदेखि वामपन्थी सत्ता थियो । बामपन्थी पार्टीले भने यो उपद्रो कामको पछि भारतीय जनतापार्टीको हात रहेको बताएको छ । मंगलवार रूसी क्रान्तिका नायक समेत रहेका एक शालिकमाथि तोडफोड गरिएको थियो । त्रिपुराको राजधानी अगरतलाको बीचमा सबरूम मोटर स्टेण्डमा राखिएको लेनिनको शालिकमा अज्ञात समूहले तोडफोड गरेर शालिक ढालेका हुन् । 

सबरूम मोटर स्टेण्ड नजिकका यस बाहेक अरु दुर्इवटा शालिकमा पनि तोडफोड गरिएको छ । आफ्नो सरकार बन्नेभएपछि भाजपाले भय फैलाएको आरोप त्रिपुराको बामगठबन्धनले लगाएको छ । उता, त्रिपुरामा भएको सो घटनाको विहारमा भाजपाको सहयोगी दल जेडीयूका सांसद् हरिवंशले निन्दा गरेका छन् । 

सुब्रमण्यमले भने ,'लेनिन आतंकवादी'
सरकार बनेपछि तत्कालै प्रतिक्रिया दिँदै भाजपा राज्यसभा सांसद् सुब्रमण्यम स्वामीले भ्लादिमिर लेनिन आतंकवादी भएको आरोप लगाएका छन् । विवादित बयानबाट चर्चित स्वामीले शालिक ढालिएको विषयमाथि टिप्पणी दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, 'लेनिन त एक विदेशी नेता हुन् । उनी एक प्रकारले आतंकवादी पनि हुन् । यस्ता व्यक्तिको शालिक हाम्रो देशमा किन ? कम्पुनिष्ट पार्टीको मुख्यालय भित्र मूर्ति राख्न सक्छन् र पूजा पनि गर्न सक्छन् तर, सार्वजनिक ठाउँमा होईन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ