arrow

ट्रम्पका आर्थिक सल्लाहकारको पनि राजीनामा 

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
cohn.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पनि राजीनामा दिएका छन् ।

क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् ।

ट्रम्पका विश्वास पात्रले धमाधम राजीनामा दिँदै गएपछि ट्रम्प समस्यामा परेका छन् । 

यसअघि ट्रम्प प्रशासनका तीन उच्च अधिकृतले राजीनामा दिएका थिए । 

कसैले ट्रम्प नीतिको विरोध गरेका छन् भने कसैले व्यक्तिगत कारण बताएका छन् । 

क्युनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । 

उनले ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण राजीनामा दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा स्टील आयातमा लाग्ने कर बढाउने ट्रम्पको नीतिप्रति उनी असन्तुष्ट रहँदै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ