arrow

५० लाख ठग्नेका नाइके इन्जिनियर, पाँच पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७४ फागुन २३ बुधबार
thag.jpg

वीरगन्ज। चिठ्ठा वा लट्रीको  ठुलो धनरासी परेको भन्दै सर्वसाधारणको रकम ठगी गर्ने क्रम पर्सामा बढेको छ । समाजिक संजाल तथा फोन नैं गरी ५० लाखको चिठ्ठा वा लट्री परेको भन्दै कर बाप्तको रकम बैंक खातामा जम्मा गर्न लगाई रकम ठगी गर्ने घटना पर्सामा वृद्धी भएको हो ।

रकम ठगी गरेको अभियोगमा पक्राउ परेका ३ जना भारतीय  र दुई जना नेपाली नागरिकलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरिक्ष डा. गणेश रेग्मीले पक्राउ परेकाहरुबाट २ लाख १४ हजार रुपैया नगद तथा विभिन्न कागजात बरामद भएको जानकारी दिए । उनले बीरगन्ज वासिले दिएको सुचनाको आधारमा वीरगन्जको लक्ष्मी मनी ट्रान्सफरबाट पाँचै जनालाई प्रमाण सहित नियन्त्रणमा लिइएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पक्रकार सम्मेलनमा पक्राउ परेका रौतहटको यमुनामाई गाउपालिका ४ निवासी इस्तेखार आलम, ताहिर अन्सारी ,भारत विहार पश्चिम चम्पारण गोपालजंज निवासी नदिम आजम, असिफ खान र मन्टु रामलाई सार्वजनिक गरिएको हो ।

 पक्राउ परेको गिरोहका मुख्य नाइके भारतीय नागरिक मन्टु रहेको बताउदै उपरिक्षक रेग्मीले मन्टु इन्जिनियरिङग गरेको युवा भएको जानकारी दिए ।

विभिन्न बहुर्राष्ट्रिय कम्पनीको नक्कली एकाउन्ट बनाई समाजीक संजाल मार्फत सर्वसाधारणलाई बम्पर उपहार  परेको र त्यसका लागि सरकारलाई तिर्नुपर्ने कर बाप्तको रकम जम्मा गरे उपहार रकम सोझौ खातामा जम्मागर्ने प्रलोभन देखाई ठगी गरेको अभियोगमा विगत पाँच महिना भित्र ७ भारतीय र १० जना नेपाली सहित १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 सर्वसाधारणलाई ठगी गर्ने गिरोह भित्र इन्जिनीयरिङ्ग गरेका युवा समेतको सहभागि रहेको उपरिक्षक रेग्मीले जानकारी दिए । चिठ्ठा वा लट्री परेको प्रलोभन सहितको फोन आए तत्तकाल नजिकको प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्दै उपरिक्षक रेग्मीले रकम निकासा गर्दा परिचय खुल्ने सक्कली कागजात हरेपछि मात्र भुग्तानी गर्न बैंक तथा आइएमईका संचालकहरुलाई अपिल गरे।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ