arrow

सिरियामा खसेको रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
Serbian_mig-29_missiles.jpg

दमासकस । सिरियामा दुर्घटनामा परेको एक रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु भएको बताइएको छ ।  रुसले आफ्नो एउटा सैनिक विमान सिरियामा दुर्घटनाग्रस्त भएको जनाएको थियो । उक्त विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

मङ्गलबार सो विमान रुसी सेनाले सिरियामा प्रयोग गर्दै आएको एक सैन्य शिविर नजिकै दुर्घटना भएको हो । सिरियाको राजधानी दमासकसबाट सो क्षेत्र नजिकै रहेको छ ।  सो विमान अवतरण गर्न लाग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबारे छानबिन हुने रुसी सेनाले जानकारी दिएको छ ।

रुसी रक्षा मन्त्रालयले प्राविधिक त्रुटीका कारण सो दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ