arrow

महिला आयोग प्रमुखको प्रश्न : आफ्नै पाइन्ट स्याहार्न नसक्ने केटाहरुले दिदी बहिनीको संरक्षण गर्न सक्छन् ? 

सन्दर्भः श्रमिक महिला दिवस

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
mahila.JPG

काठमाडाैं । भारत राजस्थानको महिला आयोग प्रमुुख सुस्मान शर्मा पुठो भन्दा पनि तल पाइन्ट झारेर हिँड्ने केटाहरुमाथि खनिएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित एउटा कार्यक्रममा महिला आयोग प्रमुख शर्माले भनिन् “चौडा छाती भएका, छातीमा बाक्ला रौं भएका पुरुष कुनै बेला महिलाको सपना बन्थे, तर त्यस्ता केटा हिजोआज देख्नै छाडियो । तर आजकलका केटाहरुले कम्मर मुनी पुु¥याएर जिन्स लगाएको देख्दा अचम्मै लाग्छ, जो मान्छे आफ्नो पाइन्ट त स्याहार्न सक्दैन त्यस्ताले आफ्ना दिदीबहिनीको संरक्षण कसरी गर्नसक्छ“? प्रश्न गरिन् । 

लो वेष्ट जिन्स (कम्मरभन्दा तल) जिन्स पाइन्ट लगाउने युवाहरुप्रति व्यंग्य गरेकी शर्माले स्वतन्त्रताको नाममा समाजै असन्तुलित हुने गरी सीमा ननाघ्न महिलाहरुलाई पनि सल्लाह दिइन् । “महिलाहरुमा बोसो रहित जीउडाल (जीरो फिगर) बनाउने चलनै बस्न लाग्यो“ सत्तारुढ भारतीय जनता पार्टी राजस्तानकी पूर्व महिला विभाग प्रमुख  शर्माले भनिन् “केटाहरुलाई चाहिँ के भएको यस्तो ? मुन्द्री लगाएका छन्,

केटीहरुजस्तो देखिएका छन्“ । “साँच्चै मैले आलोचना गरेको होइन .... उनले थपिन् “अब यो चलन परिवर्तन गर्नै पर्छ र छौडा छाती भएका युवा तयार पार्नुपर्ने हाम्रो दायित्व हो, आमाहरुले पनि आफ्ना सन्तानलाई सामाजिक मूल्य मान्यता सिकाउनुु उनीहरुको दायित्व हो“ । पुरुषहरुलाई पछाडी छाडेर महिलाहरु पनि धेरै अगाडी जान नसक्ने तर्क गरेकी शर्माले, महिला पुरुष समानान्तर हुन् र यो पद्धती खल्बल्याउन हुँदैन पनि भनिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ