arrow

अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
disability-mountain-trek.jpg

काठमाडौं। सर्वोच्च अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न बाटो खुला गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज दृष्टिविहीन तथा शारीरिक अपांगता पर्वतारोहण गर्न निषेध हुने नियम खारेज गरेपछि हिमाल आरोहण गर्न बाटो खुला भएको हो।

यसअघि अदालतले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिलाई हिमाल आरोहण गर्न रोक लगाउँदै अन्तरिम आदेश दिएको थियो। पर्वतारोहण नियमावली २०५९ मा दुवै आँखा र दुवै खुट्टा नभएकालाई पर्वतारोहण गर्न निषेध गरेको थियो। सो व्यवस्थाविरुद्ध नेपाल पत्रकार महास‌ंघ तथा प्रेस युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चौलागाईंले नेपालको संविधानको मौलिक हकअन्तर्गत रहेको समानताको हकविपरीत भएको भन्दै रिट दायर गरेका थए। उनि हाम्राकुरा डटकमका कार्यकारी सम्पादक समेत हुन् ।

यहि प्रकृतिको मुद्दामा दृष्टिविहिन अमिट केसीले समेत  नियमावलीमा भएको असमान व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । केसी सन् २०१७ मा सगरमाथाको दक्षिण भागबाट ८ हजार मिटर सम्म पुगेर फर्किएका व्यक्ति हुन् ।  उनि पुन: सगरमाथा चढ्ने तयारी गर्दैछन् ।

अदालतको आदेशले दृष्टिविहीन तथा शारीरिक अपांगता व्यक्तिलाई मानवताको हक, अपांगको हकलगायतलाई ध्यानमा राखी हिमाल आरोहण गर्न सहज बनाइएको हो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ