arrow

‘महिला दिवस भएर होला मौसम चिसो छ’

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ फागुन २४ बिहिबार
mahila_diwas1.jpg

काठमाडौं । १०८औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईयो । हरेक वर्ष मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ । महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

नेपालले पनि यो दिवस मनाउने गर्दछ । तर, त्यो औपचारिकता लागि । अहिलेसम्म नेपालका धेरै महिलाहरु यो दिवसबारे जानकार छैनन् । नेपालका सबै महिलाले यो दिवस किन मनाइन्छ, भन्ने जानकारीसम्म राख्ने अवस्था सिर्जना भएको छैन । महिला अधिकारको क्षेत्रमा काम गर्ने अगुवाहरु यो दिन ‘संघर्षपूर्ण इतिहासलाई उत्सवका रुपमा मनाउने दिन हो, भन्छन् ।

उनीहरुलाई ‘विश्व इतिहासमा नारीवादी विचारको सुरुवात पन्ध्रौं शताव्दीबाटै भएको देखि, ‘सन् १८८९ मा क्लारा जेट्किनले श्रम क्षेत्रमा रहेका विभेदको अन्त्यका लागि समान कामको समान पारिश्रमिक हुनुपर्ने प्रस्ताव दोस्रो अन्तर्राष्ट्रिय  मञ्चमा राखेको कुरा’ पनि थाहा छ ।  

त्यति मात्रै होइन, उनीहरुलाई यो पनि थाहा छ, ‘आम महिलाले समानताका पक्षमा उठाउँदै आएको मताधिकार र सामाजिक, सांस्कृतिक रूपमा रहेका सबै किसिमको विभेदको अन्त्यको माग गर्दै १९०७ मा समाजवादी महिलाको पहिलो र १९१० मा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो ।’

मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको रूपमा मनाउने घोषणासम्म मात्रै पनि होइन, १९११ देखि यो दिनलाई महिला आन्दोलनको विश्वव्यापी ऐक्यबद्धता दिवसका रूपमा बनाउन थालिएको ज्ञान पनि छ उनीहरुलाई ।

अनि, नेपालको संविधान मौलिक हक, धारा ३८ मा महिलाको हक सम्बन्धि व्यवस्था छ, भन्ने पनि उनीहरुलाई थाहा छ । यो हकमा भएका ६ वटा उपधाराको व्यव्स्था पनि राम्रैसँग थाहा छ । धारा ३८ को उपधारा (६) मा सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ, भनिएको छ, यो पनि राम्ररी थाहा छ । तर, नेपालका धेरै महिला अझै, यो दिवस पढेलेखेका र जाने सुनेकाले मनाउने दिवस हो भन्ने बुझाइबाट मुक्त भएका छैनन् ।

हामीले महिलाअधिकारकर्मी एवं संचारकर्मी बबिता बस्नेतलाई च्यसै सोधेनौ –‘मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ भन्ने कुरा कति महिलालाई थाहा होला ? भनेर ।

उनले भने जजिलै भनिदिइन्, ‘धेरै महिलालाई थाहा छ, यो विषय गाउँका महिलालाई थाहा छैन, सहरकालाई मात्र थाहा छ भनेर हामी टिकाटिप्पणी गछौं । ३ वर्षअगाडि सुर्खेतको दुर्गम गाउँमा पुगेका थिएँ, त्यो दिन महिला दिवस थियो, महिलाहरु स्कुलमा भेला भएर उहाँहरुले भव्यरुपमा नारी दिवस मनाइराख्नु भएको थियो ।’ उनले अगाडि थपिन्, ‘उत्सवकै रुपमा मनाउन वा नमनाउने आफ्नो ठाउँमा होला, सहरमा बस्ने सबै महिलाहरुमा त्यो माहोल छैन । तर हाम्रो देशको गाउँ गाउँमा महिलाहरुले नारी दिवस मनाउँछन् । सतप्रतिशत होइन, धेरै महिलाले आज नारी दिवस हो भन्ने चेतना आएको छ ।’ स्वस्फूर्त नारी दिवस मआउन आउने महिलाको संख्या पनि बढेको भन्छिन् उनी ।

तर, यही काठमाडौंमा बस्ने सुभद्रा थापाले नारी दिवस मनाइन्छ भन्ने मात्रै सुनेकि छन् । उनले मनाएकी छैनन् । उनी ८१ वर्ष पुगिसकिन् । अहिलेसम्म नारी दिवसका कार्यक्रममा सहभागि भइनन् ।

८१ वर्षको उमेरमा पनि उनले सिन्का, पिरा बनाएर जीवन गुजारा गरिरहेकी छन् । अरु नै काम गर्थे, असोज ३ गते लडेर टाउकोमा चोट लाग्यो । अब गह्रंगो काम गर्न सक्दिन, उनले भनिन् । उनले वृद्धभत्ता समेत दिएकी छैनन् । रामेछापको दुर्गम विजुली घर भएकी उनी यहाँबाट वृद्धभत्ता समेत लिन जान सक्दिनन् । वृद्धभत्ता लिन गाउँनै जानु पर्छ । उनले सुनाइन्, ‘टिभी काठमाडौं आएरै देखे । नारी दिवस भन्ने सुनेको मात्रै हो । म कुनै कार्यक्रममा गएको छैन । पढेको नि छैन ।’

यस्तै, चटपटे बेचेर घर खर्च जुटाउने विनिता चौलागाईलाई पनि नारी दिवस मनाउने दिन मात्रै थाहा छ । त्यो भन्दा बढी जान्दिन भन्छन्, उनी । सधैँ काम हुन्छ, उनले भनिन्, ‘म कहीँ कार्यक्रममा गएको छैन । काठमाडौंमै जन्मे हुर्के पनि मैले थाहा पाइन ।’

भोटाहिटीमा पसल हुदाँ हुलका हुल र्‍याली आउँथे, उनले हाँस्दै भनिन्, ‘महिला  दिवस भएर होला मौसम चिसो छ ।’ यो उनले किन भनेको भनेर भनिनन् । उनले १२ कक्षा पढेकी छन् । २२ वर्ष पुगिन् । उनले साथीहरु नारी दिवस मनाउन गएको पनि थाहा पाइनन् । उनले अनुमान गर्दै भनिन्, ‘नारी पुरुष भन्दा पछि परेको हुनाले अधिकारका लागि मनाएका होलान् ।’

मनु घिसिङ पनि नारी दिवसबारे त्यति जानकार छैनन् । तर, समाजमा महिला पछि परेका छन्, भन्ने चिन्ता भने उनलाई रहेछ । उनले अहिले भइरहेका यौन हिंसा र बलात्कारका घटनाबारे कडा कुरा राखिन् । यसका लागि कडा कानुन् चाहिन्छ, भनिन् उनले ।

घरेलु हिंसाबारे पनि कडा कानुन हुनुपर्दछ । तर, उनले पनि नारी दिवसमा हुने कुनै कार्यक्रममा सहभागिता जनाएकी छैनन् । कहाँ जाने ? के गर्ने ? कोसँग कसरी बोल्ने, के बोल्ने थाहा छैन, उनले भनिन्, ‘कसरी मनाउने होला नारी दिवस ।’ यो बारे थाहा पाउन पढ्नै पर्ने रहेछ । महिला अधिकारका क्षेत्रमा काम गर्ने थुप्रै संघ संस्था छन् । अहिले अधिकांश मान्छेहरु सञ्चारको पहुँचमा पनि छन् । तर, दिवस तथा उत्सव एवं राज्य व्यवस्थाबारे धेरै मान्छेहरु जानकार छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ