arrow

जेलमै अनसन बसेका रेशम चौधरीलाई अस्पताल लगियो

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
resham-chaudhari.jpg

धनगढी । थुनामा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीको स्वास्थ्य अवस्था खस्किएपछि अस्पताल लगिएको छ ।

टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोपमा थुनामा रहेका चौधरी फागुन २० देखि जेलभित्रै अनशन बसेका हुन् ।

उनले प्रतिनिधिसभाको सपथ खान पाउनु पर्ने माग गरेका छन् । उनले अनसन बसेको पाँच दिन भएको छ  । अनशनमा बसेका चौधरीको स्वास्थ्य अवस्था खस्किएपछि सेती अञ्चल अस्पतालमा उपचार गर्न लगिएको हो ।

घटना लगत्तै पक्राउ परेकाहरु समेत उनीसँगै अनसन बसेका छन् । कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनीसहित २४ जना जेलमै अनसन बसिरहेका छन् । अनसनमै स्वास्थ्य खराब भएपछि विश्राम चौधरीलाई विहीबार राति अस्पताल लानु परेको थियो ।

उनीहरुले रिहा गर्नुपर्ने, प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीलाई विजयी भएको प्रमाणपत्र दिनुपर्ने र सपथ ग्रहण गराउनु पर्ने लगायत ३ बुँदे माग राखेका छन् । उनलाई सपथ दिलाउन भन्दै विभिन्न मोर्चाहरुले दबाब दिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ