arrow

अमेरिकी कम्पनीलाई कर लगाएपछि भारत र चीनलाई ट्रम्पको धम्की 

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनलाई धम्की दिएका छन् । अमेरिकी कम्पनीमाथि दुई मुलुकले कर लगाएपछि उनले यस्तो धम्की दिँदै ती देशहरुले जति कर असुलेका छन् सोही दरमा आफूले पनि कर असुली गर्ने बताएका हुन् । 

ट्रम्प भारतमा रहेको हर्ली डेविडसन बाइकमाथि लगाईएको ५० प्रतिशत करको विषयमा रुष्ट भएका हुन् । यो बाइकमाथि कर लगाएपछि ट्रम्पले धेरै पटक यस विषयमा अभिव्यक्ति दिईसकेका छन् । हर्ली डेविडसन एक अमेरिकी कम्पनी हो तथा यो भारतमा धेरै विक्री हुने बाइक मध्येको एक कम्पनी पनि हो । 

ट्रम्पले बार(बार यस अभिव्यक्तिलाई जोड दिएका छन् । उनले भारतबाट आयात हुने मोटरसाईकलमा अमेरिकाले शून्य कर लगाउँदै आएको छ । उनले भने कि, 'यदि चीनले हामीमाथि २५ प्रतिशत थप चार्ज  लगाउँछ तथा भारतले ७५ प्रतिशत अतिरिक्त शुल्क लगाउँछ भने हामीपनि सोही अनुसारको कर लगाउन बाध्य हुनेछौं' उनले क्यानडा र मेक्सिकोलाई छोडेर अरु देशको आल्मोनियममाथि प्रतिशत र स्टीलमाथि २५ प्रतिशत कर लगाएको विषय पनि सम्झाएका छन् । 

ट्रम्पले भने, 'उनीहरुले २५, ५० र ७५ प्रतिशत लगाएका छन् । हामी पनि उत्ति नै कर लगाउँछौं । यसलाई जस्ताको त्यस्तै भनिन्छ । उनीहरुले ५० प्रतिशत कर लगाउँछन् भने हामी पनि उति नै मात्रामा कर लगाउँछौं ।' उनले आफ्नो प्रशासनको पहिलो वर्ष भित्र नै पारस्परिक करको विषय निर्धारण गर्नको लागि एउटा मञ्च तयार पारिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ