arrow

आनन्दबजार सीमा घटनाको एक वर्ष : छोराको शालिक हेर्ने आमाको इच्छा अधुरै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन २६ शनिबार
kanchanpurs.jpg

पुनर्वास,कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमान्त पुनर्वास नगरपालिका -४ आनन्दबजार स्थित सीमानामा भारतीय सुरक्षाकर्मी एसएसबीको गोली प्रहारबाट ज्यान गुमाएका गोबिन्द गौतमको प्रथम स्मृति सभा शनिबार आयोजित गरिएको छ ।

 गत वर्ष आजकै दिन फागुन २६ गते भारतीय अतिक्रमण विरुद्ध गरिएको प्रदर्शनका क्रममा एसएसबीले चलाएको गोली लागेर सहिद बनेका गौतमको प्रथम स्मृति सभा पुनर्वास नगरपालिकाले आयोजन गरेको थियो ।

 देशको सीमा रक्षाका क्रममा ज्यान गुमाएका सहिद गोबिन्दकी आमा हरिदेवी गौतम भन्छिन " छोराले देशको सीमा जोगाउन प्राणको आहुती दिए पनि सहिदको सम्मानमा सरकारले ध्यान दिन सकेन । " ६७ वर्षिया सहिद गोबिन्दकी आमा भन्छिन " छोरा ढलेर गएपछि भेट्न आउने जो कोहि नेताले नि कार्यक्रम गर्दा भने शहिदका आश्रित परिवारलाई स्थानीय निकायमा रोजगारी दिन्छौं । जग्गा दिलाउन सरकार संग पहल गर्छौ । तर यथार्थमा कसैले केही नगरेको उनको गुनासो छ । उनी भन्छिन भेला हुँदा नेताहरुले थुप्रै आश्वासन दिन्छन तर कसैले सिन्को नभाँचेको बताइन । छोरा गोबिन्द को स्मृती सभामा सहभागी भएकी आमा हरिदेवी भक्कानिदै भन्छिन् "छोरा ढलेर गए पछि आश्रित परिवारको उपचार खर्च सरकारबाट उपलब्ध गराउने नेताहरुले बताए पनि केही हुन सकेको छैन ।

६७ वर्षिया हरिदेवी भन्छिन " आनन्दबजारमा छोरोको शालिक हेर्ने इच्छा थियो निर्माण गर्न कसैले पहल थालेन । छोरोलाई शालिकको रुपमा हेर्ने इच्छा अधुरै रहयो । "

शनिबार पुनर्वासको आनन्दबजार स्थित नमुना प्रावि को प्राङ्गणमा आयोजित सहिद गौतमको स्मृति सभाको प्रमुख अथिती रहेका प्रदेश नम्बर ७ का भौतिक तथा निर्माण मन्त्री पठानसिंह बोहराले भने " सीमा क्षेत्रको पुर्वाधार बिकासमा प्रदेश सरकार कटिबद्ध रहेको छ । सीमाको रक्षा यहाँका जनताले गरेका छन् ।अब सिमा क्षेत्रको बिकासमा प्रादेशिक सरकार गम्भीर ढंगले लाग्ने छ ।

" मन्त्री बोहराले भने " धेरै कुरामा भारतिय बजारमा हामी निर्भर छौ अब प्रदेशको समग्र बिकासका लागि प्रादेशिक सरकार लागि परेको छ । सीमा सुरक्षाको गहन जिम्मेवारी काँधमा छ ।"
शनिबार आयोजित सहिद गोबिन्द गौतमको प्रथम स्मृति सभा पुनर्वास नगरपालिका का मेयर जिवनराज थापाको सभापतित्वमा आयोजना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ