arrow

सय वर्ष पुगेका उपसैनिकलाई मासिक १० हजार दिइने

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
nepal-army-logo.jpg.jpeg

हिले, धनकुटा । नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा  १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा शनिवार आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी दिए ।

नेपाली सेनाले ९० देखि ९९ वर्ष उमेर समूहका भूपूसैनिकलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी मासिक भत्ता तीन हजार उपलब्ध गराउनेछ । सैनिक कल्याणकारी कोषले ७० देखि ८० वर्ष उमेर समूहका भूपूलाई मासिक दुई हजार तथा अन्यलाई  ४०० भत्ता उपलब्ध गराउँदै आएको छ ।

विसं २०३२ मा  एक करोड २४ लाखबाट शुरु भएको सैनिक कल्याणकारी कोषको यथार्थ रकम  ४२ अर्ब तीन करोड ३८ लाख पुगेको छ । शान्ति सैनिकबाट प्राप्त हुने रकम उक्त कोषको मूल स्रोत हो । उक्त कोषमा रहेको रकमको ब्याजबाट बहालवाला तथा भूपूको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भूपू सम्मेलनका क्रममा तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरमा रहेका ज्येष्ठ भूपूमध्ये ८६ वर्षीय जसबहादुर लिम्बूलाई नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा सर्वोत्कृष्ट र उत्कृष्ट लघुवित्त कार्यक्रमका उद्यमीलाई पुरस्कार तथा अशक्त भूपू सैनिक र तिनका परिवारलाई ह्लिचियर वितरण गरिएको थियो ।

सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकको निधन भएमा किरिया खर्चबापत २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराइयो । सम्मेलनका क्रममा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४९२ भूपू र तिनका परिवार लाभावान्वित भएका थिए ।रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ