- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । संघीय संसद् भवनमा आइतवार बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिने जनाइसकेको छ । रासस