arrow

राजपा नेता भन्छन् : साथीहरु जेलमा छन् हामी कुन मुखले सरकारमा जाने ?

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
rajapa.jpg

काठमाडौं । राजपा अध्यक्ष मण्डलका एक सदस्यले सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका कारण सरकारमा सहभागी हुन नसकेको स्पष्ट पारेका छन् । राजपा नेता महेन्द्र राय यादवले आफ्ना माग पूरा गर्ने स्पष्ट संकेत नदेखेका कारण आफूहरु सरकारमा जान नसकेको स्पष्ट पारेका हुन् । 

सोमबार हाम्राकुरासँगको कुराकानीका क्रममा अध्यक्ष यादवले एकातिर संविधानको संशोधनमा आफ्नो माग अनुसार सरकार सकारात्मक नदेखिएको र विभिन्न अनावश्यक अभियोगमा आफ्ना कार्यकर्ताहरुलाई रिहाई नगरेसम्म आफूहरु सरकारमा जान नसकेको जानकारी दिए । उनले भने 'सरकारलाई समर्थन गर्नु ठूलो कुरा हो । हामीले समर्जन गर्ने बेलामा उहाँहरु रिहाई गर्न र संविधान संशोधनमा पनि सकारात्मक हुनुहुन्थ्यो । सरकारमा जान त साथीहरु जेलमा हुनुहुन्छ हामीहरु कुन् मुख देखाएर सरकारमा जानु ?'

एमालेले आवश्यता र औचित्यको आधारमा संविधान संशोधन गर्ने बताईरहँदा राजपाका नेताहरुले भने संविधान संशोधनको प्रस्ताव अघि बढाएपछि मात्रै आफूहरुको सरकारमा जाने बाटो स्पष्ट हुने बताएका छन् । उनले संविधान संशोधन भन्दा पहिले आफ्ना बन्दी कार्यकर्ताहरुको रिहाई आवश्यक रहेको बताएका छन् । कार्यकर्ता रिहाईपछि मात्रै राजपा सरकारमा जाने मार्ग प्रशस्त हुने उनले स्पष्ट पारे । 

अहिले एमालेसँग राजपाको पटक पटक वार्ता छलफल चलिरहेको छ । मधेशकेन्द्रीत दुई मध्ये एक दल संघीय समाजवादी फोरम सरकारमा जाने निश्चित भईसकेको छ भने राजपाले पनि सरकारलाई समर्थन जनाईसकेको अवस्था छ । तर, उ सरकारमा जानकोलागि यही दुइ वटा मुद्दा अघि सारेर त्यसैको सम्बोधनको प्रतिक्षा गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ