ईजलास बहिस्कार गर्ने न्यायधिश जबरा बिरुद्ध अवहेलना मुद्दाको तयारी !
प्रकाशित २०७४ फागुन २८ सोमबार
298
Shares
काठमाडौं।न्यायधिश चोलेन्द्र शमसेरजबरा बिरुद्ध अवहेलना मुद्दाको तयारी भैरहेको अदालत श्रोतले जनाएको छ। प्रधानन्यायधिश गोपाल पराजुलीको बेन्चमा रहेर न्याय सम्पादन गर्न अस्विकार गरेपछि जबरा बिरुद्ध पनि अपहेलना मुद्दाको तयारी भएको हो।
जबराले मुद्दा सुनुवाईको दोस्रो दिन फरक मत राखेसँगै प्रधान न्यायधिश माथि दवाव परेको हो। आइतवार हेर्दा हेर्दै मा सकिएको ईजलास सोमबार १० बजे शुरु हुने भनिएपनि जबराको बिरोधका बावजुद शुरु हुनकेको छैन्।
सर्वोच्च अदालतको अवहेलनामा डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दा गोपाल पराजुलीले आफूसहितको पूर्ण इजलासमा राखेका थिए। जवराले कान्तिपुर र केसीकोमात्र होइन अबदेखि पराजुलीसँग बेन्चमा नबस्नेसमेत बताएपछि प्रधान न्यायाधीशमाथि थप दवावमा परेका छन्।
अब अदालतको यो प्रसङ्ग संसद सम्म पुग्ने आंकलन गरिएको छ। अदालतमा यसअघि कहिल्यै पनि पुर्ण ईजलास कुनै न्यायधिशले बहिस्कार गरेको ईतिहास रहेको छैन्। जबराको अभिब्यक्तीले अदालतको केसमा नयाँ ट्विष्ट आएको छ।