arrow

विमान दुर्घटना : विमानमा ३३ जना नेपाली, अन्य विदेशी, २ जना सामान्य उपचारपछि घर फर्के

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
biman_news.JPG

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा अधिका‌ंशकाे मृत्यु भएको बताइएकाे छ। उद्धार जारी रहेकाले मृत्यु भएकाकाे विवरण यकिन हुन सकेकाे छैन ।

त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले उद्धार गरिएका मध्ये १६ जनाकाे उपचार भइरहेकाे  र २ जना सामान्य उपचारपछि घर फर्किएकाे बताए । विमानमा ३३ जना नेपाल र अन्य विदेशी नागरिक रहेको उनले जानकारी दिए ।

विमानस्थलको टावरले अवतरण गर्न दिएको दिशाविपरीत अन्यबाट आएको र विमान अवतरणका लागि सन्तुलनमा नरहेको बताइएको छ । यतिसम्म कि पार्किङको विमानमा छोइन लागेको थियो ।

बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ जना थिए ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। धावनमार्गबाट जहाज चिप्लिएको हो । विमान दुर्घटना भएपछि धावनमार्ग बाहिरको घाँसे मैदानमा आगो लागेको छ । दमकलको सहायताले विमानमा लागेको आगो  मैदानमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । घटनापछि विमानस्थलका सबै उडान बन्द गरिएको छ । केही समयपछि विमानस्थल सञ्चालनमा आउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ