arrow

उपचारका लागि केएमसी लगिएका घाइते ८ जनाको मृत्यु, बाँकिको उपचार हुँदै

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
plane_death.jpg

काठमाडौं । यूएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनाका घाइते मध्ये सिनामङ्गलको केएमसी शिक्षण अस्पतालमा ८ जनाको मृत्यु भएको छ ।

केएमसीमा लगिएका २० मध्ये ८ जनाको मृत्यु भएको छ । जसमा ५ जना पुरुष र ५ महिला छन् । विमानस्थलको टावरले दिएको विपरीत दिशाबाट अवतरण गर्दा विमान दुर्घटना भएको थियो ।
केएमसी अस्पतालका अनुसार उपचारका लागि ल्याइएको ८ जनाको निधन भएको छ भने दुई जनाको आइसीयूमा र अन्य १० जनाको वर्न कक्षमा उपचार भइरहेको छ ।

पाँच जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा झन्डै ५० जनाको मृत्यु भएको अनुमान गरिएको छ । यद्यपि, मृतकको संख्या यकिन भइसकेको छैन ।

अस्पतालमा मृत्यु भएका ३५ वर्षिय हरिशरण पौडेल, ३० वर्षिय सजना देवकोटा, ८० वर्षिय प्रविण चित्रकारको परिचय खुलेको छ । दुई जना चिनियाँ यात्रुको नाम खुलेको छैन । घाइते धेरै यात्रु जलेकाले उपचारका कठिनाई भएको चिकित्सकले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ