arrow

प्रहरीले भन्यो–विमान दुर्घटनामा ४९ जनाको मृत्यु

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
plane_death1.jpg

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको जनाएको छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले विमानमा रहेका मध्ये ४९ जनाको मृत्यु भएको र २२ घाइत यात्रुको काठमाडौंका विभन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

१२ जनाको सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ  । घाइते पाँच जनाको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने, एक जनाको ओम अस्पताल र एक जनाको मेडीसिटी र ३ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

बंगलादेशको ढाकाबाट आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो ।  विमानमा ६७ यात्रु र चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ