arrow

युएस बंगला विमान घटनाः ‘असाधारण अवतरणबाट दुर्घटना’

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
plane-crash1.JPG

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले सोमबार दिउँसो भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । 

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । 

जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो । 

युएस बङ्गला विमान दुर्घटनामा हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । 

तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको क्यान, त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले पत्रकार सम्मेलन गरी जनाएको छ । 

काठमाडौँ मेडिकल कलेज सिनामंगलमा प्रिन्स धानी र सविना व्यन्जनकार, बंगलादेशी इमरान कविर, कविर हुसेन, रसिद हसन, निहेवी हसन, रजीन अब्दुल, डा इरजन, एसएचडब्लु ओरएन र सरीन अमितको उपचार भइरहेको छ । 

त्यस्तै ग्रान्डी अस्पतालमा नेपाली किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारको तथा न्यूरो अस्पतालमा दिनेश हुनमागाईंको उपचार भइरहेको छ । 

त्यसैगरी मेडिसिटी अस्पतालमा केशव पाण्डे तथा नर्भिक अस्पतालमा विनोद पौडेल, वसन्त बोहरा, आशिष रञ्जित, सोनम शाक्यको उपचार भइरहेको छ । 

ओम अस्पतालमा भने बंगलादेशी राजवान हक्रुको उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ