arrow

विमान दुर्घटनाप्रति दुःख प्रकट गर्दै डा. केसीले सारे अनशन

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
govinda-k-c.jpg.jpeg

काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले मंगलबारबाट थाल्ने भनेको अनशन सारेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी चिकित्सकलगायत धेरैको निधन भई शोक परेकाले अनशन सारिएको डा. केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।  

उनले दुःखको घडीमा दिवंगत सबैप्रति भावपूर्ण श्रद्धान्जली भनेका छन्, भने परिवारजनमा धैर्य धारणको कामना गरेका छन् । केसीले विज्ञप्तिमा भनेका छन्, ‘यस शोकको घडीमा हामीले आजदेखि शुरु गर्ने भनेको सत्याग्रहको कार्यक्रम स्थगित गरेका छौं । हाम्रा मागहरु पूरा नभएको खण्डमा आगामी चैत्र ४ गतेदेखि सत्याग्रहको कार्यक्रम पुनः शुरु गर्ने पनि घोषणा गर्दछौं ।’

‘सर्वोच्च अदालतका सम्मानित न्यायधीशहरुले विवादित प्रधानन्यायधीश गोपाल पराजुलीलाई पद छाड्न सुझाव दिएकोमा त्यसको स्वागत गर्दर्छौं’, केसीले भनेका छन् ।

गोपाल पराजुलीको कार्यकाल महिनौं अगाडि सकिएपनि नैतिकता, मर्यादा र कानुनविपरीत अहिलेसम्म पदमा रहेको भनेर सर्वोच्च अदालतबाटै आएको आदेशले आफुहरुले बारम्बार भन्दै आएको कुरालाई पुनः पुष्टि गरेको भनि उनले विज्ञप्तिमा लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ