- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको साबिक पाली गाबिस हाल पाणिनी गाउँपालिका ८ पाली निबासी ५४ बर्षिय कमल खनालको हृदयघातका कारण निधन भएको छ।
नेपाली कांग्रेस पाणिनी ८ पालि का सभापति तथा स्थानिय तहको निर्बाचनमा वडा अध्यक्ष पदको समेत उम्मेदवार रहेका उनी मंगलबार साँझ पेट दुखेको अबस्थामा बुटवल सिटि अस्पतालमा भर्ना भएकामा डाक्टरको सल्लाहले उनको किडनी र फोक्सोमा असर देखिएकोले हेलिकप्टर बाट बुधबार काठमाडौं ल्याइ धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएको अबस्थामा मृत्य भएको हो ।
प्रतिष्ठित व्यापारी समेत रहेका खनाल केही समयदेखि बुटवल बस्दै आएका थिए ।
पारिबारिक श्रोतका अनुसार उनको पार्थिक शरीर बुटवलमा ल्याई अन्तिम श्रद्धाञ्जली पछि प्रशिद्व तिर्थस्थल रुरु (रिडि) मा लगेर अन्तिम दाहसंस्कार गरिने छ।
खनालको अप्रत्याशित निधनले सो क्षेत्रले मात्र होइन जिल्लाले सामाजिक ,शैक्षिक ,राजनीतिक ब्यक्ति गुमाएको महसुस गरिएको छ।
खनालको निधनले अर्घाखाँची जिल्ला शोकमा रहेको छ।