arrow

घोडाघोडी घटना सेलाउन नपाउदै कञ्चनपुरमा युवती माथी हमला

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन ३० बुधबार
kanchanpur3.jpg

पुनर्वास,कञ्चनपुर ।  पश्चिम नेपालको कैलाली कञ्चनपुर यतिबेला मानव अधिकार उलंघन र महिला हिंसाका घटना चुलिँदै गएका छन । केहीदिन अघि कैलालीको घोडाघोडी नगरपालिकामा एक युवतीलाई  बोक्सीको आरोपमा  निर्मम रुपमा  कुटपिट भएको घटना नसेलाउदैँ आज निर्मम रुपमा  पनि युवती माथी कुटपिट भएको छ ।

बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वडा नम्बर ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै आई कुटपिट गरेका हुन । कुटपिटबाट सोनीको आँखामा गम्भिर चोट लागेको छ । राकेशले आफ्नो औँलाहरुले सोनीको आँखाघोचेको र उनको अनुहारमा तातो उम्लिरहेको घिउ फालीदिएका थिए ।

उनलाई उपचारका लागी महेन्द्रनगर आँखाअस्पतालमा ल्याईएको तर उनको आँखाबाट रगत बग्न नरोकिएको हुँदा थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ