arrow

पत्रकार महासंघ प्रदेश अधिवेशनमा सबैले भोट हाल्न पाउने, उठ्न क-कसले पाउँछन् ?

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
FNJ-Nepal-patrakar-mahasangh.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रदेश स्तरीय पत्रकार महासंघको अधिवेशनको लागि नित्तान्त भिन्न किसिमले निर्वाचन गर्ने निर्णय गरेको छ । यस अघि उम्मेदवार बन्न र नेतृत्वलाई भोट हाल्न अनिवार्य पार्सद् हुनैपर्ने व्यवस्था भएकोमा अब महासंघको सदस्यता लिएका सबैले यसमा भोट हाल्न पाउने व्यवस्था गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । निर्वाचन गर्नको लागि बुधबार काठमाडौंमा महासंघको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले बैशाख २२ गते देशभरका ७७ वटै जिल्लामा चुनाव गरेर प्रदेश स्तरीय नेतृत्व चयन गर्ने निर्णय गरको हो । 

महासंघले प्रदेशस्तरीय अधिवेशनमा पत्रकार महासंघको सदस्यता लिएका सबै पत्रकारहरुले मतदान गर्न पाउने निर्णय पनि गरिएको छ । साथै, विधानले तोकेको अनुसार अध्यक्षको हकमा सात वर्ष पुगेका र अन्य पदाधिकारीको हकमा ५ वर्ष पत्रकार महासंघको सदस्यता लिएका जो कोहीले पनि उम्मेदवारी दिन सक्ने व्यवूथा गरिएको छ । 

अधिवेशनको दिन सातै प्रदेशका ७७ वटै जिल्ला, उपत्यका र एशोसिएट्स, प्रतिष्ठान गरी १० प्रदेशको नेतृत्वको लागि निर्वाचन हुन लागेको हो । मुलुक प्रदेश ढाँचामा गईसकेपछि महासंघले तत्कालै प्रदेश स्तरीय महासंघको अधिवेशन गरिएको हो । 

नवीकरण रोकियो 
त्यस्तै, बैठकले आगामी चैत २५ गतेसम्म मात्रै नवीकरणको लागि समय तोकिएको छ । महासंघका महासचिव रमेश विष्टका अनुसार तोकिएको मितिसम्म नवीकरण भएका पत्रकार महासंघका सदस्यहरु सबैले नेतृत्वको लागिमतदान गर्न सक्नेछन् । नयाँ सदस्यता लागि भने फाल्गुन २१ र २२ गते जनकपुरमा बसेको महासंघको बैठकले बन्दगरिसकेको छ । 

निर्वाचन संयोजन समिति गठन 
महासंघको बैठकले निर्वाचनको सबै प्रक्रियाहरु मिलाउनको लागि ५ सदस्यीय निर्वाचन संयोजन समिति पनि गठन गरेको छ । वरिष्ठ पत्रकार वविता बस्नेतको नेतृत्वमा महासंघकी पूर्व उपाध्यक्ष अनिता विन्दू, कानून व्यवसायी कपिलदेव पोखरेल, पत्रकार बालकृष्ण बस्नेत र धर्मेन्द्र कर्ण सदस्य रहेका छन् । महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको लागि ४ महिने दवाबमुलक अभियानहरु चलाउने निर्णय पनि गरेको छ । यसको स्पष्ट कार्ययोजना तयार भईसकेकोले यसलाई अघि बढाउने निर्णय पनि गरेको महासचिव विष्टले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ