arrow

प्रधानन्यायाधीश प्रकरण : ‘न्याय परिषद्का सचिवले तमासा निम्त्याए’

नयाँ पदावधि कायम गरी पराजुली प्रधानन्यायाधीश भएको निर्णय हेरियो भने ?

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
suprim_court.JPG

काठमाडौं । न्याय परिषदले प्रधानन्यायाधीश गोपाल पराजुली उमेर हदका कारण पदमा नरहेको जानकारी गराएको छ । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले जारी गरेको चिठीमा प्रधानन्यायाधीश पराजुलीको पदावधि गएको साउमै सकिएको उल्लेख छ।

न्यायपरिषद ऐन २०७३ अनुसार न्याय परिषदले प्रधानन्यायाधीश पराजुलीलाई पदमा नरहेको चिठी पठाएको हो । न्याय परिषदले परीक्षा नियन्त्रण कार्यालयबाट वुधबार आएको पत्र अनुसार उमेरहदका कारण पराजुली गएको साउन २१ मै अवकास पाइसकेको जनाएको छ ।

सचिवले तमासा निम्त्यिाए

वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले न्याय परिषदका सचिवले तमासा निम्त्याएको बताएका छन् । न्याय परिषदले नै निर्णय गरेको भए प्रश्न उठाउने रहने थिएन । तर, सचिवस्तरीय निर्णयबाट पदमा नरहेको कुरा मान्यता रहँदैन, उनले भनेका छन् ।

अर्कोतिर सुन्नमा के आएको छ भने, गोपाल पराजुली आउँदा न्यायपरिषदले नयाँ पदावधि कायम गरेर राखेको निर्णयलाई सचिवले काट्न मिल्दैन । सचिवले के आधारले निर्णय गरे भन्ने कुरा पछि खुल्ला उनले भने, ‘ पराजुली प्रधानन्यायाधीश भएर आउँदा गरिएको निर्णय हेरियो भने सचिव नै कारबाहीमा पर्छन् । उनले आफ्नै खुट्टामा बन्चरो हानेका त होइनन् ।’ वरिष्ठ अधिवक्ता खरेलले यो पनि भनेका छन्, अब झन् तमासा हुने भो, तमासा देख्न पाइने भो ।’

चिठी सर्वत्र फैलिँदासम्म पराजुली राष्ट्रपतिलाई सपथमै
नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रपतिको कार्यालयबाटै भने, ‘सपथ भरखर सकियो। प्रधानन्यायाधीशज्यू यही हुनुहुन्छ। उहाँ बधाई दिइरहनु भएको छ। चिठी जारी भएको भनि हामीले भरखर सुन्यौँ । तर, उहाँलाई थाहा छैन।’ अन्तिममा अध्यक्ष केसीले अब विद्रोह हुन्छ, भनेर फोन राखिदिए। पराजुली सपथमै हुँदा उनी 'पदमुक्त' भन्दै सचिवले जारी गरेकाे चिठी सर्वत्र फैलिइसकेकाे थियाे । 

चोलेन्द्रको आदेशलाई परीक्षा नियन्त्रण कार्यालयको चिठीले पुष्टी गर्‍यो
सोमबार न्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्ण इजलास बहिस्कार गरेर गरेको आदेशलाई परीक्षा नियन्त्रण कार्यालयको चिठीले पुष्टि गरेको भन्छन्, अधिवक्ता टिकाराम भट्टराई । उनले भने, ‘चोलेन्द्रको आदेशलाई परीक्षा नियन्त्रण कार्यालयको आदेशले पुष्टि गरेको छ। सचिवले परीक्षा नियन्त्रण कार्यालयको चिठीलाई आधार मानेर उमेर सकिएको जानकारी गराएका हुन् । यसलाई पदमुक्त भनेर भाषा दिन मिल्दैन ।’ सचिवले निर्णय गर्न सक्छ ? जवाफमा उनले भने, ‘कानुन अनुरुप कुनै एक कर्मचारीको पदावधि सकिएपछि पदावधि सकियो भनेर जानकारी दिन मिल्छ । सचिवले नियमानुसार उमेर पूरा भयो भनि जानकारी गराएका हुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ