arrow

रोनाल्ड रेगनपछिकै शक्तिशाली सैन्य बल बनाउने तयारीमा ट्रम्प

अन्तरिक्ष सेना बनाउने प्रस्ताव

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
Donald_Trump_Oath.jpeg

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गरेका छन् ।   अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले स्पष्ट गरे ।

सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गरेको सम्बोधनका क्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ । उनले भने– अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो हवाई र जमिनजस्तै ।

हामीसँग हवाई सैन्य बल छ अब अन्तरिक्ष सेना हुन्छ– उनले भने । उनले अमेरिकालाई अब नयाँ खालको सैन्य बलको आवश्यकता रहेकोले यो सैन्य बलको स्थापना गर्नुपर्ने बताए ।

अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ उनले भने। राष्ट्रपति ट्रम्पले जमिन, हावाई क्षेत्रमा त अमेरिकाले नेतृत्व गरेकै छ अब अन्तरिक्षमा पनि विश्वको नेतृत्व गर्नेछ भने ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने– मैले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकासगर्ने कुरा गर्दैछु । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ