arrow

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
old-vehicle.jpeg

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ ।  यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । बिहिवार बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक-एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो ।

जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उनले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उनले जानकारी दिए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ