arrow

शितल निवास पुगेर पराजुलीले बुझाए राजीनामा

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
parajuli1.JPG

काठमाडौँ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर  राजीनामा बुझाएका हुन् ।  उनि  राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

 पराजुलीलाई बुधवार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका थिए ।  उनले प्रधानन्यायाधीशको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबारनै सपथ खुवाएका थिए ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।

सर्वोच्च अदालतमा बिहिवारदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् ।  आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ