arrow

जर्मन चान्सलरमा मर्केल चौँथो कार्यकालका लागि निर्वाचित

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
angela-merkel1.jpg

बर्लिन । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छन् । जर्मनीको संसदले बुधबार उनलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो ।  युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ ।

जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए ।  संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित भएको तल्लो सदनका सभामुखले घोषणा गरेका थिए  ।

मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्र्याटिक पार्टी (एसपीडी)ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ ।

निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेटिन् भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छन् ।  

यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित भएकोमा एन्जेला मर्केललाई बधाई दिएका छन् ।

उनले बुधबार पठाएको शुभकामना तथा बधाई सन्देशमा चीनसँगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास पनि व्यक्त गरेका छन् ।  मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ